२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

बटलरको शतकको मद्दतले बैंगलोरलाई हराउँदै राजस्थान १४ वर्षपछि फाइनलमा

बटलरको शतकको मद्दतले बैंगलोरलाई हराउँदै राजस्थान १४ वर्षपछि फाइनलमा

एजेन्सी

जोस बटलरको शतकको मद्दतले आईपीएलको दोस्रो क्वालिफायरमा बैंग्लोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको छ । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए ।

राजस्थान रोयल्स सन् २००८ पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । सन् २००८ मा शेन वार्नको कप्तानीमा राजस्थानले पहिलो पटक यो प्रतियोगिता जितेको थियो।

टस जितेर राजस्थानका कप्तान सञ्जु सामसनले बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । बैंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा राजस्थानका ओपनर जोस बटलर र यशस्वी जैसवालले द्रुत सुरुवात गर्दै पहिलो पाँच ओभरमा ६१ रन जोडे पनि छैटौं ओभरको पहिलो बलमा जोस हेजलउडले यो जोडी तोडेका थिए ।

यस बलमा यशस्वी जैसवालले १३ बलमा २१ रन बनाएर विराट कोहलीलाई टी–२० क्रिकेटमा आफ्नो १५० औं क्याच दिए । त्यसपछि कप्तान सञ्जु सामसन पिचमा आए र २१ बलमा २३ रन बनाए । बटलरसँग सञ्जुले ३९ बलमा ५२ रन जोडे।

यसपछि जोस बटलरले पनि यस आईपीएलमा आफ्नो ८०० रन पूरा गरे र टोलीलाई सजिलै सात विकेटले जित दिलाए। बटलरले ५९ बलमा शतक बनाए र छक्का लगाएर टोलीलाई जित दिलाए । योसँगै राजस्थान १४ वर्षपछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको छ । बैंगलोरका लागि जोस हेजलवुडले दुई विकेट लिए भने वानिन्दु हसरंगाले कप्तान सञ्जु सामसनलाई आउट गरे ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले रजत पाटीदारको अर्धशतकको मद्दतले राजस्थानलाई १ सय ५८ रनको लक्ष्य दिएको थियो ।पाटीदारले ५८ रन बनाए । डु प्लेसिसले २५ र विराटले मात्र ७ रन बनाए । योसँगै ग्लेन म्याक्सवेलले आफ्नो छोटो तर तीव्र पारीमा १३ बलमा २४ रनको योगदान दिए ।

राजस्थानका लागि प्रसिद्ध कृष्णा र ओब्द मेकोयले तीन–तीन विकेट लिए । योसँगै ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए । अब आईपीएलको फाइनलमा राजस्थानले गुजरातको सामना गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com