२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

बजेट सकारात्मक र रूपान्तरणकारी

बजेट सकारात्मक र रूपान्तरणकारी

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ ।

अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा। रामशरण महत र पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले बजेटमा धेरै सुधार देखिएको प्रतिक्रिया दिए । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले प्राथमिकता भुलेर दीर्घकालीन महत्वका योजनामा केन्द्रित बजेट ल्याएको बताए ।

पूर्वप्रधानमन्त्री डा। भट्टराईले भने, “सामान्यतया बजेट राम्रै छ । यो मध्यम स्तरको बजेट हो । यतिबेला हामीलाई चाहिएको रूपान्तरणकारी बजेट नै हो । त्यो आउन नसकेपछि बजेटका कतिपय पक्ष राम्रा छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले कृषि, ऊर्जा, पर्यटन र कनेक्टिभिटीलाई महत्वसाथ अघि बढाएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com