सरकारले भुक्तानी नदिएपछि त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम स्थगित
सरकारले भुक्तानी नदिएपछि त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम स्थगित
काठमाडौँ । सरकारले बीमाबापतको रकम भुक्तानी नगरेपछि महराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नु पर्ने रकम हालसम्म पनि भुक्तानी नगरेको भन्दै यही असार १५ गतेबाट उक्त सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने शिक्षण अस्पताल प्रशासनले जनाकाएको ।
अस्पतालका कार्यकारी निर्देशक दिनेश काफ्लेले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘२०७७ मंसिरदेखि यस अस्पतालमा संचालित स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमितहरुको उपचार सेवा प्रदान गरे वापत नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले यस अस्पताललाई भुक्तानी गर्नु पर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकाले मिति २०७९ अषाढ १५ गते देखि अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि यस अस्पतालबाट संचालित स्वास्थ्य विमा कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’
उसै पनि स्वास्थ्य बीमा कार्यक्रम निकै झञ्झटिलो रहेको, प्रभावकारी हुन नसकेको सेवाग्राहीको गुनासो बढिरहेका बेला सरकारले नै भुक्तानी नदिएपछि अस्पतालहरु बीमा कार्यक्रम बन्द गर्न बाध्य छन् ।