टेक्ससका लागि पर्यटन दूतमा सुवेदी नियुक्त
टेक्ससका लागि पर्यटन दूतमा सुवेदी नियुक्त
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटन दूतमा नियुक्त गरेको छ । एनआरएनका अभियन्तासमेत रहेका उनलाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
सुवेदी दुई दशक अघि स्थायी अनुमतिपत्रसहित सपरिवार अमेरिका बस्दै आएका छन् । उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय उपसंयोजक रहनाका साथै विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् । सुवेदीबाट नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मन्त्रालयको अपेक्षा छ । रासस