अफगानिस्तानमा भूकम्प : कम्तीमा २५० जनाको मृत्यु
अफगानिस्तानमा भूकम्प : कम्तीमा २५० जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा २ सय ५० जनाको मृत्यु भएको अफगानिस्तानका अधिकारीहरूले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
सरकारी अधिकारीहरूका अनुसार करिब १ सय मानिसको मृत्यु पाकटिका प्रान्तमा भएको छ । २ सय ५० जना भन्दा बढी मानिस घाइते भएको समाचारमा जनाइएको छ ।
नानगरह तथा खोस्ट प्रान्तमा पनि मानिसको मृत्यु भएको छ । अधिकारीहरूले क्षतिबारे थप जानकारी संकलन गरिरहेका छन् ।
६.१ म्याग्निच्यूटको भूकम्पको केन्द्रविन्दु खोस्ट रहेको तथा यसको प्रभाव पाकिस्तान र भारतमा पनि परेको थियो ।