२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

न्यायाधीश कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भइरहेको छ : कानूनमन्त्री

न्यायाधीश कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भइरहेको छ : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भइरहेको बताएका छन् ।

मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानवीन समितिनै गठन गरिएको स्पष्ट पारेका हुन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले न्यायालय सुधारका लागि सरकारले अभियाननै सञ्चालन गरिएको दाबी गरे । न्यायाधीशको नियुक्ती नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढदै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराए ।

उनले भनेका छन्, ‘विगत केही समयदेखि यतिधेरै न्यायलयहरुप्रतिको आस्था गिर्दै गएको छ । जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजविन गर्दैछौं । कति ठीक, कति बेठीक भनेर छानबिन गर्न समितिनै गठन गरिएको छ ।’

उनले फेरि भने, ‘त्यो घटना बाहेकलाई हेर्ने हो पनि न्यायालयभित्र विकृति र विसंगति थियो । त्यसका विरुद्ध आन्दोलन पनि भयो । त्यसलाई सुधार गर्नका लागि अभियाननै सञ्चालन गरिएको छ । त्यसको सुरुवात नियुक्तीबाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ ।’

मन्त्री कोइरालाले न्यायालय भित्रको गिद्र्धे आस्थालाई जोगाउन सरकार लागि परेको पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com