एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक
जनसेवा न्युज डटकम संवाददाता
प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो ।
आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।



