२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

आजको पुस्ताले परिवर्तन खोजेको छ यो सपना पुरा गर्न म चुनावी मैदानमा उत्रदै छु : उपाध्यक्ष सुजाता काफ्ले

आजको पुस्ताले परिवर्तन खोजेको छ यो सपना पुरा गर्न म चुनावी मैदानमा उत्रदै छु : उपाध्यक्ष सुजाता काफ्ले

काठमाडौँराष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा सहभागीता जनाएकी काफ्ले प्रतिनिधि सभाको आगामी निर्वाचनमा जनसमाजवादी पार्टी नेपालको तर्फवाट उम्मेदवार बन्ने तयारीमा जुटुनु भएको छ, भने कहाँ बाट कुन क्षेत्रबाट भाग लिने भन्ने बारे खुलाएकी छैन । उहाँ यहि मिति २०७९ साउन ४ /५ /६ गते भएको जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन बाट केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

उहाँले प्रश्न खडा गर्दै भन्नु हुन्छ परिवर्तन भयो भनिन्छ तर त्यसको अनुभूति कसले कसरी गरेको छ ? परम्परागत राजनीतिक दल र तिनका प्रतिनिधिले गरेका छैनन्।

आजको पुस्ताले परिवर्तन नै खोजेको छ, त्यो भाषणको होइन व्यवाहारको परिवर्तन चाहियो भनिरहेका छन्।

दीर्घकालीन रूपमा फरक पार्नका लागि युवाहरू औपचारिक राजनीतिक प्रक्रियामा संलग्न भई आज र भोलिको राजनीतिको सूत्रीकरणमा बोल्न आवश्यक छ। स्थिर र शान्तिपूर्ण समाज निर्माण गर्न र युवा पुस्ताका विशेष आवश्यकताहरू पूरा गर्ने नीतिहरू विकास गर्न पनि महत्त्वपूर्ण छन्।

यहि प्रश्नको उत्तर खोज्न पनि चुनावी मैदानमा म सुजाता काफ्ले उत्रिन लागेकी हु भन्दै उहाँले सामाजिका संजाल मार्फत घोषणा गर्नु भएको छ ।

उहाँ भन्नु हुन्छ राजनीतिको बाटो जटिल भए पनि, सफलता पाउन चुनौतिलाई आत्मसाथ गरे परिवर्तन हुन सक्छ, अब हामीले नै गर्नुपर्छ, सकारात्मक विचारले सकारात्मक कार्यको नेतृत्व गर्दछ भन्दै शन्देश दिनु भएको छ । उहाँ ‘प्लस साइज मोडलिङ’मा नेपाल र भारतलगायतका मुलुकमा विभिन्न उपाधी हात पारेकी काफ्ले मुलुकको व्यवस्थापनमा पनि जिम्मेवारीपूर्वक काम गर्न सकिन्छ भन्ने आत्मविश्वास राख्छिन्।

काफ्ले मिसेस नेपाल आइनक २०१५ की सेकेन्ड रनरअप हुन् भने प्दस साइज मोडल २०१८, इन्टरनेशनल मिसेज २०१९, मिसेज इन्डिया नेपाल २०१९ की पनि सहभागी र विभिन्न विधाकी बिजेता हुन्। सामाजिक उत्तरदायीत्व, फेसबुक च्वाइस्, मिसेज चेयरम्यान प्रोफेसनललगायत उपाधी उनले हात पारेकी छन्।

जनसमाजवादी पार्टी नेपाल

केन्द्रीय उपाध्यक्ष :सुजाता काफ्ले शाही 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com