२०८३ जेष्ठ ३१ - Sun Jun, 2026 -

Janasewa News

गाँजा विधेयक अघि बढाउन संसदमा शेरबहादुर तामाङको माग

गाँजा विधेयक अघि बढाउन संसदमा शेरबहादुर तामाङको माग

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजा फुकुवासम्बन्धी गैरसरकारी विधेयक अघि बढाउन माग गरेका छन् । प्रतिनिधि सभामा आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले गाँजा खेतीलाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक दर्ता गरेको धेरै समय भएको उल्लेख गर्दै त्यसलाई अघि बढाउन आग्रह गरे ।

यस्तै उनले अविरल परेको बर्षाबाट शनिवार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २ को डाँडाघरे टोल र सिरानटोलका ३० घर जोखिममा रहेको जानकारी गराए । उनले पहिलोबाट बाटो समेत अवरुद्ध भएको बताए । यस्तै मेलम्ची नदीमा आएको बाढीबाट हेलम्बु गाउँपालिकाका ६ ठाउँमा बाटोमा क्षति पुग्दा सम्पर्क टुटेको जानकारी गराए । उनले विपद प्रतिकार्य केन्द्रीय समिति मार्फत बाटो खोल्ने कुरामा छिटो ध्यान पुग्न सकोस् भन्ने माग गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com