२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

मूल्यवृद्धि नियन्त्रण उन्मुख

२९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो महिनाबाटै उच्च मुद्रास्फीति ब्यहोरेको मुलुकले पछिल्लो महिना भने नियन्त्रण उन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांक अनुसार मंसिर मसान्त भित्र मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । कात्तिक महिनासम्म मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

असोज मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । यसको तुलनामा मंसिरमा आउँदा मूल्यवृद्धिमा सुधार देखिएको हो । मंसिर मसान्तसम्म खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटेल उपसमूहको वार्षिक बिन्दुगत सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थ ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डा ९.०७ प्रतिशत र पेय पदार्थको मूल्य ८.८४ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहतर्फ यातायातमा १७.३३ प्रतिशत, स्वास्थ्यमा ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिमा ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.२९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ८.२९ प्रतिशतले मूल्य बढेको छ । तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ६.५६ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.६४ प्रतिशतको मुद्रास्फीति रहेको देखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com