मगराती र कँडेल द्दारा एसईई परिक्षामा सहभागी विद्यार्थीलाई नि:शुल्क बस सेवामा सहजीकरण

धादिङ । धादिङ जिल्ला ज्वालामुखी, ७ चैनपुर स्थाई घर भइ हाल रोजगारीका लागि साउदीमा रहेका समाजसेवी एवम् नेपाली जनप्रगतिशिल मञ्च साउदी अरेबियाका सचिव हरिभक्त मगराती र ज्वालामुखी, ७ रामपुर स्थाई घर भइ हाल रोजगारीकै शिलशिलामा कतारमा रहेका समाजसेवी सोम नाथ कँडेल ले बागमती प्रदेश धादिङ जिल्लाको ज्वालामुखी, ७ स्थित सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालय लार्ई केही आर्थिक भार कम हुने विश्वासका साथ विद्यालयको बैंक खाता मार्फत आर्थिक सहयोग गर्दै आज बाट सुरु भएको एसईई परिक्षामा सहभागी विद्यार्थीलाई नि:शुल्क बस सेवाको व्यवस्था गरि दिएका छन् ।
यी दुई विद्यालयको परिक्षा केन्द्र ज्वालामुखी ६ सुनखानी माध्यमिक विद्यालयमा परेको छ । परिक्षा केन्द्र सम्म आउन र जान विद्यार्थीहरुलाई सहज होस् भनेर आफुहरुले नि:शुल्क बस सेवाको सहजता स्वरुप आर्थिक सहयोग गरेको मगरातीले जनसेवा अनलार्ईन न्युजलाई बताए ।
ज्वालामुखी ७ चैनपुर निवासी समाजसेवी मगरातीले गत साल २०८१ को एसईई परिक्षामा पनि सोही विद्यालयमा नि:शुल्क बस सेवाको व्यवस्था गरेका थिए।



