टि-१० मा टिम अबुधाबीको लगातार पाँचौ जित
एजेन्सी
दिल्लीका लागि डोमिनिक ड्राकेसले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १२१ रन बनाएको थियो।
दिल्लीका लागि रोमारियो सेफर्डले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा ४ छक्का र ३ चौकासहित नटआउट रहे।
लुक राइटले २५ रन बनाउँदा रहमुल्लाह गुर्वाजले २२ तथा रिली रोश्वोले २० रन जोडे।
अबुधाबीका लागि डानी ब्रिग्सले २ विकेट लिए।
यो जितसँगै अबुधाबीले लिगमा शतप्रतिशत जित निकाल्दै १० अंक जोडेर शीर्ष स्थानमा कायमै छ।
पराजित दिल्ली ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ। एक खेल कम खेलेको डेकन ग्लाडिएटर्स समान ६ अंकसहित रन रेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ।