२०८३ बैशाख १२ - Sat Apr, 2026 -

Janasewa News

गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी छन् ।

गणतन्त्र दिवस–२०८१ का उपलक्ष्यमा बिहीबार काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै शर्माले निकै मेहनत गरेर प्राप्त गरेको गणतन्त्रलाई सुदृढ बनाउँदै सुशासन कायमका साथै गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी हुन् । अहिले संविधान र कानुनभन्दा माथि कोही हुँदैन भन्ने पुष्टि हुँदै गएको उनले बताइन् ।

मन्त्री शर्माले मुलुक विकासको बाटोमा तीव्र रूपमा अघि बढेको र जलविद्युको क्षेत्रमा बिक्री गर्ने अवस्थासम्म आइपुग्नु सामान्य कुरा नभएको धारणा राखिन् । उनले तीनै तहको सरकारको पहलका कारण देशभर सडक संरचनाको निर्माण विस्तार भएको बताइन् । यद्दपी मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण सोचेजस्तो विकास कार्यलाई अघि बढाउन नसकिएको उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com