२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

यूरो कपः स्विट्जरल्यान्डको विजयी सुरुवात

काठमाडौ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगितामा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ ।

समूह ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

स्विट्जरल्यान्डको जितमा क्वाडो डुवा, मिचेल अबिस्चर र ब्रिल इम्बोलोले एक-एक गोल गरे । हंगेरीका लागि बर्नाबास भार्गाले एक गोल फर्काए ।

क्वाडोले १२ औँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाए भने मिचेलले ४५ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

हंगेरीका बर्नाबासले ६६ औँ मिनेटमा एक गोल फर्काए पनि टिमलाई खेलमा भने फर्काउन सकेनन् । दोस्रो हाफको इन्जुरी समयमा स्विट्जरल्यान्डका ब्रिलले टिमका लागि तेस्रो गोल गरे ।

यसै समूहअन्तर्गत शनिबार बिहान भएको खेलमा आयोजक जर्मनीले स्कटल्यान्डलाई ५-१ गोलले हराएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com