२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

Janasewa News

इजरायलद्वारा सिरियामा रहेको इरानी अटोमोबाइल कारखानामा आक्रमण

काठमाडौँ – सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा इजरायली क्षेप्यास्त्रले प्रहार गरेको सिरियन मानव अधिकार संस्थाले जनाएको छ ।

इजरायलले होम्सको दक्षिणी ग्रामीण इलाकामा रहेको हस्या औद्योगिक क्षेत्रस्थित कारखानामा हवाई आक्रमण गरेको हो ।

आक्रमणको समयमा कारखाना खाली भएकाले आक्रमणको कारण पुष्टि हुनसकेको छैन ।

सिरियाको सरकारी टिभीले हस्याको एउटा कारखानाबाट विस्फोटको आवाज सुनिएको र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएको छ ।

इजरायलले इरान र लेबनानको हिजबुल्लाहसँग जोडिएका स्थानलाई लक्षित गर्दै सिरियामा बारम्बार हवाई आक्रमण गरिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com