२०८३ बैशाख १९ - Sat May, 2026 -

Janasewa News

दल र नागरिक अगुवाको सरकारलाई अपीलः प्यालेस्टाइन र लेबनानको पक्षमा मत देऊ

काठमाडौं । माओवादी केन्द्र सहितका राजनीतिक दल तथा नागरिक अगुवाहरुले इजरायलले प्यालेस्टाइन तथा लेबनानमा गरेको आक्रमणको निन्दा गरेका छन् ।

साथै उनीहरुले प्यालेस्टाइन तथा लेबनानका जनताको पक्षमा मत दिन नेपाल सरकारलाई समेत आग्रह गरेका छन् ।

बुधबार जारी संयुक्त वक्तव्य जारी गर्दैै उनीहरुले इजरायलले गरिरहेको आक्रमण २१औं सताब्दीकौ सबभन्दा ठूलो जातीय नरसंहार भएको बताएका छन् । ‘हामी यस राज्य नियोजित हिंसाको घोर निन्दा एवं भन्र्सना गर्दैछौं’ वक्तव्यमा भनिएको छ ।

उनीहरुले इजरायललले गरिरहेको आक्रमण रोक्न माग गरेका छन् । साथै यो हिंसाविरुद्ध प्यालेस्टायनी तथा लेबनानी जनताको पक्षमा देशको मत अभिव्यक्त गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

संयुक्त वक्तव्यमा नेपाली नागरिकहरुलाई इजरायल, गाजा र लेबनानमा नजान आग्रह गरेका छन् । साथै इजरायल र लेबनानमा भएका नेपालीहरुको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न समेत सरकारलाई अपील गरेका छन् ।

प्रेस विज्ञप्तिको पूर्णपाठ:

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com