२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

टीआरसी पदाधिकारीबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल, संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग शीर्ष नेतृत्वसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले विहीबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त छलफल गरेका हुन् । छलफल सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका विषयमा केन्द्रित थियो । तर छलफलमा ठोस सहमति नभएको स्रोतले बतायो ।

दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाको आवेदन परेको छ । तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी छ । त्यसका लागि समितिको बैठक आज दिउँसो दुई बजे बोलाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com