२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

गठबन्धन ०८४ सम्मै चल्छ, संविधान संशोधनको मिति घोषणा गर्ने विषय होइन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गरेका छन् । आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो दाबी गरेका हुन्

गठबन्धन नटिक्ने भन्ने कुरा हल्लामात्रै भएको जिकिर गर्दै उनले त्यसमा विश्वास गर्नुपर्ने कुनै कारण नभएको पनि बताए ।

‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो । यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन टिकिरहेको छ । राम्रो काम गर्नेकुरामा अघि बढेको छ,’ गृहमन्त्री लेखकले भने ।

नेकपा एमाले र नेपाली कांग्रेसले गरेको सात बुँदे सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने उनको दाबी थियो ।

संविधान संशोधन ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको पनि उनले बताए ।

‘हामी दुई पार्टी नेपाली काँग्रेस र नेकपा एमाले बीचमा बनेको सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ । र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ,’ उनले भने, ‘संविधान संशोधन चरणवद्ध हो । ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गर्ने हो ।’

संविधान संशोधनका लागि १० वर्षको संविधानको अभ्यासमा देखिएका राम्रा र नराम्रा पक्षको अध्ययन गर्नुपर्ने उनले बताए ।

‘के संशोधन गर्ने भन्नेमा सहमति गर्नपर्छ र मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने हो । के संशोधन गर्ने भन्नेमा हामीले दुई दलको कार्यदल बनाएर काम शुरु गरेका छौँ,’ गृहमन्त्री लेखकले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com