२०८३ जेष्ठ २३ - Sat Jun, 2026 -

Janasewa News

अमेरिकाले गर्‍यो दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला

काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन् ।

रुबियोले एक्समा लेखेका छन्, ‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन। इब्राहिम रसूल जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन् ।

उनले अगाडि थपेका छन्, ‘हाम अब उनीसँग कुनै कुरा गर्ने छैनौं, त्यसैले उनलाई अस्वीकार्य व्यक्ति मानिएको छ।’

अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावको बीच अमेरिकाले यो कदम चालेको हो ।

यसअघि, फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहायता रोकेका थिए ।

अफ्रिकाको एक कानुनी व्यवस्थाअनुसार श्वेत किसानहरूको जमिन जफत गर्न सकिने उल्लेख गर्दै ट्रम्पले दक्षिण अफ्रिकालाई दिंदै आएको सहायता रोक्ने निर्णय गरेका थिए ।

गत हप्ता ट्रम्पले अर्को विवादास्पद अभिव्यक्ति दिँदै दक्षिण अफ्रिकाका किसानहरूलाई अमेरिकामा बस्न स्वागत गरिने उल्लेख गरेका थिए ।

ट्रम्पले ‘ट्रुथ सोसल’मा लेखेका थिए, ‘दक्षिण अफ्रिकामा सुरक्षाका कारण आफ्नो देश छोड्न चाहने जोसुकै किसानलाई परिवारसहित बस्न अमेरिकी नागरिकतासहित निमन्त्रणा दिइन्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com