२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

शशांक कोइरालाको प्रश्नः चारचोटि जितेँ एकपटक पनि मन्त्री नभएको मेरो घर किन जल्यो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले जेनजी आन्दोलनमा आफ्नो घर जलाइएकोप्रति आश्चर्य व्यक्त गरेका छन् । एकपटक मन्त्री पनि नभएको आफूले के गल्ति गरेँ भन्ने थाहै नपाएको उनको भनाइ छ ।

आज एक कार्यक्रममा बोल्दै कोइरालाले जेनजी आन्दोलनमा घुसपैठ भएको आरोप लगाए ।

कोइराला भने म त अचम्ममा परेँ, यो अवस्था आउँछ भनेर कल्पना पनि थिएन । सबै जल्यो, लुटपाट भयो, मान्छे मरे । गोली पनि एक्स्पर्टले हानेको छ । टाउकोमा, छातिमा गोली हान्या छ टाढाबाट । पुलिसले यो गर्नै सक्दैन । घुसपैठ भएको छ । जेनजी भन्छन् । पहिले ठम्याउनुपर्यो जेनजी भनेको कुन शक्ति हो । उनीहरुले सुशासनको कुरा उठाए । तर पछि गएर घर जलाउन थाले । मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिएँ मलाई थाहा छैन । चारचोटि जितेँ । मन्त्री पनि भएको छैन । न भ्रष्टाचार गरेको छु ।

मेरो मात्रै घर जलेको होइन । गणेशमानजीको, किशुनजीको घर जल्यो । ८० वर्षको इतिहास बोकेको बिराटनगरको कोइराला निवास किन जल्यो कसको माथि यो आक्रोश पोखेको किन पोखेको यो प्रश्नहरुको उत्तर म दिन सक्दिनँ । म अहिले पनि सोचिरहेको छु के कारण हो यत्रो आक्रोश यत्रो विध्वस्तकारी आक्रोश । अचम्म लाग्यो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com