२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

‘न हामी कांग्रेस छाड्छौँ, न फुटाउँछौँ बरु कांग्रेसको नेतृत्व गर्नेछौँ- महामन्त्री विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले नै नेपाली कांग्रेसका नेतृत्व गर्ने बताएका छन् । उनले शुक्रबार भएको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखेको धारणालाई सामाजिक सञ्जालमा साझा गर्दै भनेका छन्, ‘न हामी कांग्रेस छाड्छौँ, न फुटाउँछौँ बरु कांग्रेसको नेतृत्व गर्नेछौँ ।’

उनले कार्यसम्पादनको बैठकमा राखेको धारणा यस्तो छः

विशेष महाधिवेशन सम्बन्धमा
विधानको १७(२) बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई सम्बोधन कसरी गर्ने मुख्य प्रश्न हो । नियमित महाधिवेशन भएको भए त्यसले विशेषको मागलाई सम्बोधन गर्न सक्थ्यो ।

विपरीत भन्ने अनि विधानतः साथीहरूले गरेको माग विपरीत कांग्रेस चल्ने रु यस्तो विरोधाभाष अस्वीकार्य छ ।
कार्यवाहक सभापतिले आज र भोलि भित्रैमा सभापतिसँग सल्लाह गरेर विशेष महाधिवेशनबारे टुंगोमा पुग्नुपर्छ ।

विकल्प दुइवटा छन्ः
१. पहिलो, सहमतिपूर्वक बोलाउने
२६ गते बिहान ९ बजे उद्घाटन, दिउँसो बन्द सत्र र साँझ उम्मेदवारी दर्ता गर्न सकिन्छ ।
२७ गते निर्वाचन (भोटिङ मेसिनबाट) र साँझ परिणाम ।

दोस्रो, असहमतिका बीच महामन्त्रीहरुले आह्वान गर्ने ।
त्यसलाई कुन रुपमा लग्ने हामी संयमपूर्वक टुंगो गर्नेछौं

नियमित महाधिवेशनको नयाँ कार्यतालिकाबारे
यसमा असहमति राख्न जरुरी छैन, तर मूल प्रश्न बिशेष महाधिवेशनको प्रस्ताव हो । पुस मसान्तमा विशेष गरौँ, वैशाख मसान्तमा नियमित, यो सही हुन्छ
५४५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई अनादर गर्ने छुट हामी कसैलाई छैन ।

हाम्रो विरोधाभाष
१. निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले गरेका थियौँ तर पुनर्स्थापनामा हस्ताक्षर गर्न किन भनियो सांसदहरुलाई रु
२. यो कसले गरायो, किन हुन दिइयो
३. आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णय थियो । तर एमालेसँग गठबन्धन गर्ने ‘भूमिगत तयारी’ को गर्दैछ  यसमा विल्कुलै असहमति छ । यस्तो गर्न मिल्दैन । महासमितिको निर्णय विपरीत निर्णय लिनु आत्मघाती हुनेछ ।

समानुपातिकको सूचीबारे
समानुपातिक सूची बनाइरहँदा मतदाताको रुची कोकस्ता उपर हुनसक्छ, हामी छलफल गर्दै थियौँ । मध्यरातमा एकाएक आयो ६०–४० का लागि टेलिफोन । यो गम्भीर गल्ती थियो । सूची सच्याउन जरुरी छ । अग्रज नेताहरू स्पष्ट हुनुस्, अवसर अरुलाई दिइनु पर्छ ।

पार्टी फुट्ने हल्लाबारे
हामी सिंगो कांग्रेसको नेतृत्व गर्न चाहन्छौँ, दृढतापूर्वक भन्छु–हामी नेतृत्व गर्नेछौँ । कांग्रेस छोडेर जालान् या फुटाउलान् भन्ने कसैले नसोच्नू । हामी पर्खिन्छौँ पनि फर्किन्छौँ पनि ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com