२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

Janasewa News

चुनावमा कसैसँग तालमेल नगर्ने प्रचण्डको प्रष्टीकरण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो चुनावमा कसैसँग तालमेल नगर्ने बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यसपटक आफूहरु आफ्नै एजेन्डाको बलमा चुनावमा जाने बताए।

उनले भने, ‘हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, यो कुरा पहिलो दिनदेखि नै भन्दै आइरहेका छौँ। तर मिडियामा समीकरण बन्नेबारे चर्चा भइरहेको छ। हामीले निरन्तर खण्डन गर्दै आइरहेका छौँ।’

उनले भदौ २३ गतेको जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने दलसँग तालमेल नगर्ने बताए। उनले केही ठाउँमा छाड्ने भन्ने चर्चाबारे सत्यता नभएको बताए।

नेकपा आफ्नै शक्तिमा चुनावमा होमिएको भन्दै कांग्रेस र एमालेसँग मिलेर महागठबन्धन गर्ने कुनै सम्भावना नभएको बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com