२०८३ जेष्ठ ११ - Mon May, 2026 -

Janasewa News

मतपेटिका र दलका प्रतिनिधिबिच सम्बन्ध टुटाउने कुरा स्वीकार्य हुँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले मतपेटिका र दलका प्रतिनिधिहरूको बीचको सम्बन्धलाई टुटाए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्ने बताएका छन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतपेटिका र दलका प्रतिनिधिबिच सम्बन्ध टुटाउने कुरा स्वीकार्य नहुने बताए।

उनले भने, ‘बुथबाट मतपेटिका लैजाने क्रममा दलको प्रतिनिधिहरूलाई सहभागी नगराउने, कतिपय बुथमा, मतदान केन्द्रहरूमा छलफल भइरहेको कुरा बुझिएका छौँ। त्यस्तो नगरोस्। मतपेटिका र दलका प्रतिनिधिहरूको बीचकोसम्बन्धलाई टुटाउने कुरा निर्वाचन आयोग, सरकार, सेना प्रहरीले पनि नगरोस्। त्यस्तो भए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्छ।’

उनले पहिलो पटक निर्वाचनमा फ्रन्टलाइनमा सेनाको परिचालन गरिएको बताए।

उनले थपे, ‘अहिलेसम्म सेनाको गतिविधि ठिकै छ। ओखलढुङ्गा, सर्लाही लगायत कतिपय जिल्लाहरूमा त झडप भएको भन्ने कुरा हामीले सुनेका छौँ। सुशीला कार्कीजीले राम्रै कमान्ड लिएरै चुनाव गर्नुभयो।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com