२०८२ चैत्र १५ - Sun Mar, 2026 -

Janasewa News

१२:३४ को शुभसाइतमा बालेनले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले १२:३४ को शुभसाइतमा शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिए ।

शपथग्रहणका लागि ज्योतिषीलाई साइत हेराएर १२:३४ को समय तय गरिएको थियो । ठ्याक्कै त्यही समयमा प्रधानमन्त्रीको शपथ ग्रहण सुरू गरियो ।

प्रधानमन्त्रीको शपथ ग्रहण समारोह यसपटक परम्परागतभन्दा केही पृथक रह्यो । शपथअघि सात जना ब्राम्हण पुजारीले मन्त्रोच्चारणका साथ संखध्वनी गरेका थिए । १०७ जना बटुक र १०७ जना बौद्ध लामाहरूले मंगलवाचन पाठ गरेर कार्यक्रममा आध्यात्मिक माहोल सिर्जना गरे ।

शाहको शपथ समारोहका लागि तयार मञ्चमा लिम्बू समुदायको मौलिक सांस्कृतिक प्रतीक सिलाम साक्मा राखिएको छ । सिलाम साक्मा मृत्युको बाटो छेक्ने र सुरक्षा कवचको रूपमा विश्वास गरिन्छ । घरमा यसको प्रतिमा राख्दा प्राकृतिक विपत्तिबाट जोगिने विश्वास छ ।
संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com