२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

संघीय संसद्को बैठक चैत १९ गते बिहीबार दिउँसो २ बजे बस्दै

काठमाडौं । संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको जानकारी गराएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सांसदहरूलाई अधिवेशन आह्वान गरेको जानकारी गराउँदै तोकिएको समयमा उपस्थित हुन आग्रह गरेको छ।

सूचनामा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा १ बमोजिम २०८२ साल चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय सांसदका दुवै सदनको अधिवेशन आह्वान गरेको उल्लेख छ।

प्रतिनिधि सभाको बैठक निर्माणाधीन संघीय संसद् भवनको स्थानमा रहेको बहुउद्देश्यीय कक्ष र राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित राष्ट्रिय सभा कक्षमै बस्ने जनाइएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com