२०८३ जेष्ठ २५ - Mon Jun, 2026 -

Janasewa News

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो ।

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । मापदण्ड पुरा गरेरनगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिनुभयो । विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
युवक सम्पर्कबिहीन

गोकर्णेश्वर नगरपालिकाका वडा नं ९ शंखडोलका २७ वर्षीय शिशिर भण्डारी सम्पर्कबिहीन भएका छन् । भण्डारीको परिवारले प्रहरीलाई गराएको जानकारी अनुसार उनी बहीबारदेखि सम्पर्कबिहीन छन् ।

भण्डारीको मोबाइल बन्द छ । परिवारले फेला पार्ने जो कोहीले पनि नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com