२०८३ जेष्ठ २५ - Mon Jun, 2026 -

Janasewa News

थप आज ११२८ जनामा कोरोना पुष्टि, १४ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७ हजार ४४७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ६६ जना र ३ हजार ५४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०९ हजार ११४ पुगेको छ । सोही अवधिमा १ लाख ४५ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा २७ हजार ४४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा २२१५ जना कोरोना मुक्त भए, १४ संक्रमितको मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २१५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार ९८९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ४० हजार ६६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com