२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

प्रधानन्यायधीशलाई रामचन्द्र पौडेल को चेतावनी पदबाट राजीनामा दिएर निकास दिनु पर्छ

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौँडामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले प्रधानन्यायाधीशले राणाले ढिला गरे न्यायालयमा गरेका सेटिङ खुल्दै गइरहेका कारण आफ्नो मान मर्यादाका लागि भए पनि पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका हुन्


प्रधानन्यायाधीश राणाले बैलैमा विचार नपु¥याए अपमानजनक बहिर्गमन निश्चित रहेको उनको भनाइ थियो । प्रधानन्यायाधीशले विगतका प्रधानमन्त्रीहरुसँग गरेको सेटिङका कारण अहिलेको न्यायालय नै विवादमा फसेको उनले बताए । ‘प्रधानन्यायाधीश संवैधानिक निकाय र राजदूत नियुक्तिमा गरेको सेटिङका कारण न्यायालयमा अहिलेको यो अवस्था आएको हो । अहिले सर्वोच्च अदालत ध्वस्त भएको छ ।’ नेता पौडेलले भने ।
फरक प्रशंगमा पौडेलले नेपाली काँग्रेस पार्टी कसैको भरमा खडा नभएको बताए । नेता पौडेलले काँग्रेसको इतिहास र अस्तित्व कोही कसैको भरथेगबाट स्थापित नभएको जिकिर गरे । नेता पौडेलले अरूको वैशाखी टेकेर उभिने पार्टी काँग्रेस हुन नसक्ने बताए । उनले वर्तमान परिस्थितिमा काँग्रेस पाटी भित्रै आन्तरिक शुद्धीकरणको आवश्यकता रहेको बताए


ुसाँढे पाँच वर्षको अवधिसम्म पार्टीको महाधिवेशन गर्न नसक्ने काँग्रेसको नेतृत्वले अरू चुनाव गराउन वा भाग लिन सक्ला कि नसक्ला रु,ु उनको प्रश्न थियो ।
नेता पौडेलले पाटीको क्रियाशील सदस्यको विवादले पार्टीलाई थप कमजोर बनाएको उनले बताए । काँग्रेसले परिस्थिति र आवश्यकताको आधारमा निर्णय गर्ने क्षमता गुमाइसकेको नेता पौडेलले बताए । सरकारको नेतृत्व लिएको ३ महिनासम्म मन्त्रीहरूको नियुक्ति हुन नसक्नुले नै काँग्रेसको निर्णय क्षमता छर्लङ्ग भएको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com