२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

प्रधानन्यायाधीशको पक्ष र विपक्षमा उभिदा देखियो भाडभैलो, हेर्नुहोस विज्ञाप्ती

काठमाडौं । न्यायालयमा देखिएका पछिल्ला विवादबारे प्रतिपक्षी दल नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए)का कार्यबाहक अध्यक्ष रमा श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेपछि संगठन भाँडिन पुगेको छ ।

पीपीएलएका कार्यबाहक अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गरेर न्यायाधीशहरु मुद्धाको सुनुवाईमा उपस्थित नभई धर्म र विवेक गुमाएको भनेका छन् । तर, त्यसको केही समयमै पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपालले विज्ञप्ति आधिकारिक नरहेको भन्दै विश्वास नगर्न आग्रह गरेका छन् ।
अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस संस्थाको अध्यक्षको जिम्मेवारीमा म रहि आएको अवस्थामा संस्थागत निर्णयबिना जारी गरिएको उक्त विज्ञप्ति संस्थाको आधिकारिक नभएको व्यहोरा जानकारी गराउदछु ।’

उता, कार्यबाहक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू आफ्नो आधारभूत कार्य सम्पादनको कार्यमा कर्तव्यपरायण रहनुपर्ने कार्यलाई पन्छाउँदै छलफल र संवादका नाममा यति लामो समयसम्म मुद्दाको सुनुवाइबाट आफूलाई अलग राख्नु न्यायिक धर्म र विवेकपूर्ण निर्णय होइन । न्यायिक नेतृत्वको जिम्मेवारी लिनु भएका सम्माननीय प्रधानन्यायाधीशज्यूले यस्तो परिस्थितिको सृजना हुनका कारणको पुनरावलोकन गरी आफूले गरेका गलत कार्यहरूको जिम्मेवारी स्वीकार गरी उपयुक्त निकास निकाल्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ’

अध्यक्ष नेपालले श्रेष्ठद्वारा जारी विज्ञप्ति झूठो र आधिकारिकता नभएको भनेपछि दुईबीचमा विवाद उत्पन्न भएको छ । र, अब दुईमध्ये कस्लाई पत्याउने ?

अहिले सर्वाेच्चका न्यायाधीशहरु दुई भागमा विभाजित छन् । कालो पट्टिधारी अर्थात् प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा राणाको राजीमा माग्ने र अर्काे न्यायाधीशहरु इजलासमा फर्कन पर्नु माग गर्दै प्रधानन्यायाधीशको पक्षमा बोल्ने दुई समूह छन् ।

न्यायाधीशहरु प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेको अवस्थामा श्रेष्ठ निकटले प्रधानन्यायाधीशको बचाउ गर्दै विज्ञप्ति निकालेपछि अध्यक्ष नेपाल पक्ष खण्डनमा उत्रिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com