अमेरिकी राष्ट्रपति ‘बाइडेन ले प्रधानमन्त्री देउवा सँग भने नेपाल धेरै मन पर्छ
शेरबहादुर देउवा बेलायत भ्रमण गरेर स्वदेश फिर्ता
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा विश्वका नेताहरूसँग गरिएका भेटवार्ताका कुराकानीबारे पनि संक्षिप्त जानकारी गराए।
प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको कुराकानीबारे बताउँदै भने, ‘बाइडेनले नेपाल खुब मनपर्छ भने।’
आफू टोपी लगाएर गएकोले देख्नेवित्तिकै बाइडेनले चिनेको प्रधानमन्त्री देउवाको भनाइ थियो।
‘बाइडेनसँग विशेष रूपमा भेट भयो। म टोपी लगाएर गएको थिएँ देखेपछि चिनिहाले,’ प्रधानमन्त्री देउवाले भने, ‘पहिला नेपाल आएका पनि रहेछन्। नेपाल खुब मनपर्छ भने।’
प्रधानमन्त्री देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग भएको भेटवार्ताबारे पनि बताएका थिए। ‘जोन्सन नेपालबारे जानकार रहेछन्,’ उनले भने।
विश्व जलवायु सम्मेलन कोप मा भाग लिन स्कटल्यान्डको ग्लास्गो गएका प्रधानमन्त्री देउवाले विभिन्न देशका नेताहरूलाई भेटेका तस्बिर सार्वजनिक भएको थियो।