२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

एकिकृत समाजवादी पार्टीको निर्णय प्रधानन्यायाधीश विवादबारे सत्ता गठबनधनमा छलफल गर्ने

जनसेवान्यूज संवाददाता
काठमाडौं, कात्तिक १८

janasewanews.com

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विवादबारे नेकपा एकीकृत समाजवादी०ले सत्ता गठबन्धनमा छलफल गर्ने भएको छ।

न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीले निर्णय गरेको हो।

बुधबार बसेको बैठकले उक्त निर्णय गरेको उपमासचिव तथा केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सत्तासँग साँठगाँठ गरेको, मन्त्रिमण्डलमा भागबन्डा खोजेको, मुद्दाको पेसी तोक्दा गोलाप्रथा लागू गर्न नमानेकोलगायत विषयमा राणाको चौतर्फी आलोचना भइरहेको छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले धर्ना दिँदै आएको छ। यस्तै उनले राजीनामा दिनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको छ।

यस्तै, पार्टीले केन्द्रीय कमिटीको बैठक कात्तिक २७–२८ मा काठमाडौंमा आयोजना गर्ने भएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com