२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एमसीसीबारे देउवा र प्रचण्डको पत्र तुरुन्त सार्वजनिक गरियोस् भीम रावल

बिहिबार, कार्तिक १८, २०७८

एमसीसीबारे देउवा र प्रचण्डको पत्र तुरुन्त सार्वजनिक गरियोस् भीम रावल
काठमाडौँ, १८ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका सम्बन्धमा पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

बेलायतमा जलवायु सम्मेलनमा भाग लिएर फर्किनासाथ देउवाले पत्र पठाइसकेको बताएको भन्दै रावलले सो पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो,’ रावलले आज गरेको ट्विटमा लेखिएको छ, ‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गरियोस् ।’

यस्तो विषयमा गरिएको गोप्य पत्राचार देशघात भएको उल्लेख गर्दै रावलले प्रचण्डले के हैसियतले पत्र पठाएको भनेर प्रश्न समेत गरेका छन् ।

‘यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो रावलले लेखेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com