२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

माओवादी केन्द्र बैठको निर्णय राष्ट्रिय सम्मेलन काठमाण्डौँमा गर्ने

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो। त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुङ्गो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्र न्यायालयभित्रको विवाद न्यायालय आफैँले टुङ्ग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com