प्रधानन्यायाधीश को राजिनामा माग गर्दै प्रदशर्नमा उत्रिएका कानुनव्यावसायी हरुमाथी प्रहरी दमन

प्रधानन्यायाधीश को राजिनामा माग गर्दै प्रदशर्नमा उत्रिएका कानुनव्यावसायी हरुमाथी प्रहरी दमन
काठमाडौं २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै भइरहेको विरोधैप्रदर्शनमा प्रहरीले हस्तक्षेत गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
कानुन व्यावसायीले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अदालत परिसरमा हुलदंगा भएको छ । प्रदर्शन स्थलमा राखिएको माइत्क प्ररहीले खोसेपछि दुईपक्ष विच झडपको स्थिती पैदा भएको हो ।
जनसेवा न्युज लाई जानाकारी गराउदै एक कानुन व्यावसायी भने आफ्नो माग पुरा नभएसम्म प्रदर्शन नरोक्ने अडान लिहिरहेका छन् । चोलेन्द्रका मतियार होसियार भन्दै कानुन व्यावसायी नारा गलाउँदै गर्दा प्रहरी र वकिलहरु बिच धकेलाधकेल समेत भएको बताउनु भएको छ ।