२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

आज बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार जम्कट्टेल र लामा ले लिए सपथ

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। पाण्डेले आज कांग्रेस र माओवादीबाट एक-एक जना थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।

उनले माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाएका हुन्।

जम्कट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्यमन्त्रीको रूपमा सपथ लिएका छन्। उनीहरूले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिएका पाण्डेले पहिलो चरणमा तीन मन्त्री नियुक्त गरेका थिए।

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका थिए।

भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कात्तिक २२ गते विश्वासको मत पाएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com