२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नेकपा एमालेले देशैभरिबाट एकैसाथ आजै महाधिवेशन पतिनिधि चयन गर्दै

नेकपा एमालेले देशैभरिबाट एकैसाथ आजै महाधिवेशन पतिनिधि चयन गर्दै ।


संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन् । त्यसका लागि देशभर आज एकैसाथ एमालेले चुनाव गर्नेछन् । एमालेसँग हालसम्म ८ लाख १० हजार संगठिक सदस्य छन् कति पय स्थानमा यसअघिनै सवैसममत प्रतिनिधि चयन भइसकेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट महिला र २ २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था छ ।

सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप २ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ मअिहलासहित ३ जना चयन हुनेछन् ।
देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म जनप्रनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुनुपर्नेछ । देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना, निर्वाचित हुनेछन् ।

भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधित्व हुने छ । यसरी महाधिवेशनका लागि कुल १ हजार ९ सस ९९ प्रतिनिधि चयन हुने एमालेले जनाएको छ । एमाले पार्टीले आगामी मंसिर १० देखि १२ गतेसम्म् चितवनमा पार्टीको दशौँ महाधिवेशन गर्दै ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com