चितवनमा प्रधानन्यायाधीशको राजिनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजद्वारा विरोध प्रदर्शन

काठमाडौँ । शनिबार विहान चितवनमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा र बर्हिगमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । पुलचोकमा आधा घण्टासम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा न्यायालयलाई प्रदुषित बनाउन पाइदैँन, सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिदैँन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश स् शिघ्र राजिनामा देउ, प्रधानन्यायाधीशले राजिनामा नदिए महाअभियोग लगाउ, वर्तमानको आवश्यकता स् न्यायालयको शुद्धिकरण, न्यायालय दुषित भोः शुद्धिकरण आवश्यक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरु कृष्ण कँडेल र लिला खनाल, वरिष्ठ उपसभापति सुशिल बस्नेत, उपसभापतिहरु कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउत लगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।