स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना
स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना
काठमाडौं ः पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उहाँ ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।
प्रचण्डलाई उच्च रक्तचाप र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको स्वकिय सचिव गंगा दाहाल ले वताउनु भयो ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरीमा आज हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो। उनलाई बिहानैदेखि खुमलटारस्थित निवासमा चिकित्सकहरुले निगरानीमा राखेका थिए।