परिवर्तन ल्याउन युवा पुस्तालाई ल्याउनैपर्छ : कुन्ती पोख्रेल

परिवर्तन ल्याउन युवा पुस्तालाई ल्याउनैपर्छ : कुन्ती पोख्रेल
जनसेवा न्युज डटकम संवाददाता
काठमाडौं क्षेत्र नं। २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको परिवर्तन ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनैपर्नेमा जोड दिएकी छन् । उनले मंगलबार राप्रपा काठमाडौं क्षेत्र नं। २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएकी हुन् ।
उनले ‘पार्टीगत नभनी दुई÷दुईपटक सांसद्, मन्त्री भइसकेका बुबा, आमा समानको पुस्तालाई बिदा गरेर युवा पुस्ता ल्याउन जरुरी रहेको बताइन् ।
पोखरेलले भनिन्, ‘अहिले विद्यालयहरु बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्री भएका छन्, बेरोजगार युवा उत्पादन गर्ने बाहिर पठाउने, रेमिट्यान्सले देश चलाउने नेताहरुको बानी भइसक्यो ।’
उनले देशका उद्योग, धन्दा कलकारखा बन्द भएकोप्रति आक्रोश पोख्दै आफू कपडा व्यवसायी भएकाले कपडा तयार गर्न सियोदेखि बटन, धागोसम्म सबै बाहिरबाट ल्याउनुपर्ने अनुभव रहेको सुनाइन् ।