२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

संसदमा तस्बिर नराखेकोमा उपसभामुख रानाको असन्तुष्टि

उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुखको राख्ने गरेपनि उपसभामुखको नराखिएको बताइन्।

उनले आफू केही समयअघि सिंगापुरको संसद भवनमा गरेको भ्रमणबारे बताउँदै संसदमा राखिएका सभामुखका तस्बिरबारे बताएकी थिइन्। त्यहाँको संसदमा विगतदेखि वर्तमानसम्मका सभामुखको तस्बिर राखेको पनि उनले बताइन्।

‘अस्ति म सिंगापुर गएको थिएँ। डब्ल्युटिओको कन्फ्रेन्समा। त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ। त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ? त्यो विकास क्रमअनुसार त्यसरी राखिएको छ अभिलेखको रूपमा,’ उनले भनिन्।

तर नेपालमा त्यस्तो नभएको भन्दै प्रश्न गरिन्।

‘हामीमा खै त त्यस्तो? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ। हाम्रो त छैन,’ उनले भनिन्, ‘उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ। यो कुरा मनन गर्नुपर्छ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com