२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

विश्वकै ठूलो विमान युक्रेनमा ध्वस्त

एजेन्सी । विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ । युक्रेनी अधिकारीले यो कुरा दाबी गरेका छन् । यो खबरले उड्डन जतगमा चिन्ता र उदासी उत्पन्न गरेको छ किनभने यो विमानले शीर्ष स्थान ओगटेको छ ।

युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको थियो । यसलाई रुसी आक्रमणकारीले हमला गरेको युक्रेनी अधिकारीले बताए । आफूले यो विमान पुनः निर्माण गर्ने पनि उनीहरुले जानकारी दिए ।

‘रसियाले हाम्रो म्रिया ध्वस्त पारेका हुनसक्छन् । तर तिनीहरुले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्न सक्दैनन् । हामी सफल हुनेछौँ !’ युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले ट्वीटरमा भने ।

तर यो विमान ध्वस्त पारिएको कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । एन्टोभोन कम्पनीका अनुसार विज्ञद्वारा अनुसन्धान नभएसम्म उक्त विमानको प्राविधिक अवस्थाबारे थाहा नहुने बताएको छ ।

एन्टोनोभलाई म्यानेज गर्ने युक्रेनको राज्य रक्षा कम्पनी युक्रोबोरोन्प्रोमले आइतबार एक वक्तव्य जारी गर्दै विमान ध्वस्त पारिएको तर यसलाई रसियाको खर्चमा यो बनाउने बताएको छ । विमान बनाउन ३ बिलियन डलर लाग्ने पनि बताइएको छ ।

‘विमान पुनर्निर्माणमा ३ बिलियन अमेरिकी डलर खर्च हुनेछ र यसलाई बनाउन पाँच वर्ष लाग्नेछ,’ वक्तव्यमा भनिएको छ । ‘हाम्रो चाहना यो छ कि उक्त विमान बनाउने खर्च रसियाले उठाओस् जसले युक्रेनको उड्डयन र कार्गो क्षेत्रमा नियोजित क्षती पुर्याउने उद्देश्य राखेको छ ।’

पछि जारी गरिएको वक्तव्यमा कम्पनीले दिएको जानकारी अनुसार उक्त विमान किएभ नजिकै मर्मतका लागि पार्क गरेर राखिएको अवस्थामा थियो ।

‘एन्टोनोभ एयरलाइन्सका निर्देशकका अनुसार एउटा इन्जिन मर्मतका लागि निकालिएको थियो र उपयुक्त आदेश दिएपनि त्यसदिन विमानले उडान भर्न सकेको थिएन,’ उक्त वक्तव्यमा भनिएको छ ।

रसियाली सेनाले एएन–२२५ राखिएको होस्टोमेल एयरफिल्म कब्जा गरेको शुक्रबार दाबी गरेको थियो ।

सीएनएन

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com