२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

गठबन्धनभित्रै साझा धारणा नबनेसम्म एमसीसीलाई अघि बढाउनुको कुनै औचित्य छैन : माओवादी केन्द्रका नेता देव गुरुङ

काठमाडौं । माओवादी केन्द्रका नेता देव गुरुङले अहिले गठबन्धनको सरकार भएकाले गठबन्धनभित्रै साझा धारणा नबनेसम्म एमसीसीलाई अघि बढाउनुको कुनै औचित्य नहुने तर्क गरेका छन् ।

बुधबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँगग कुरा गर्दै नेता गुरुङले गठबन्धनभित्रै साझा धारणा नबनेसम्म एमसीसीलाई अघि बढाउनुको कुनै औचित्य नहुने बताएका हुन् ।

त्यस्तै उनले सरकारले लाने प्रस्तावमा गठबन्धन सरकारको सहमति हुनुपर्ने उनको भनाइ छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले यथास्थीतिमा एमसीसी पारित गर्न नहुने धारणा कायमै रहेको बताए ।

उनले सदन अवरुद्ध रहिरहेका बेला सदनमा एमसीसीका विषयमा छलफल हुन नसक्ने धारणा राखे । उनले सदनलाई सूचारु गर्नुपर्ने र अन्य विषयहरुलाई अघि बढाउनुपर्ने जिकिर गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com