एमाले महाधिवेशन प्रतिनिधि गण्डकी प्रदेशका ७ जिल्लामा ९७ छनोट
काठमाण्डौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज गण्डकी प्रदेशका ११ जिल्लामध्ये ७ जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानेको छ ।
प्रदेश सचिव गोविन्द नेपालीका अनुसार प्रदेश कमिटी र मजदुर फाँटबाट १२, मुस्ताङमा ४, म्याग्दीमा ९, बाग्लुङमा १२, कास्कीमा ३०, लमजुङमा ११, गोर्खामा १५ र मनाङमा ४ जनासहित ९७ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका हुन् ।
त्यसैगरी तनहुँ, स्याङजा, पर्वत र पूर्वी नवलपरासी (नवलपुर)मा पनि सर्वसम्मत प्रतिनिधि छनोट भएको एमालेले जनाएको छ ।