२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

मेडिकल कलेज संचालक दुर्गा प्रसाईँ वर्ष उत्कृष्ट नागरिक

झापा । मेडिकल कलेज संचालक दुर्गा प्रसाईँ वर्ष उत्कृष्ट नागरिकको रुपमा सम्मानित भएका छन् ।

बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक प्रसाईँलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले सम्मान गरेको हो ।

केन्द्रको १० औं वार्षिक उत्सवका अवसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका प्रसाईँलाई सम्मान गरिएको हो ।

विर्तामोड झापालाई नै स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएको भन्दै प्रसाईँलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले बताएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रसाईँले असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले आफूले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको प्रतिकृया दिएका थिए । आफूले विर्तामोडमा मेडिकल अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापित गराउन ठूलो संघर्ष गरेको समेत उनले सुनाए । आफ्नो काम नेपालमा मात्रै नभइ विश्वमै चिनिदै गएको पनि उनले दावी गरेका थिए ।

संचालक प्रसाईँ राजनीतिक र राजनीतिक दलका नेतासँग जोडिएर बेला बेलमा चर्चामासमेत आउने गरेका छन् ।

चारवर्ष अघि नेकपा एमाले र माओवादी केन्द्रको एकताका क्रममा हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीलाई आफ्नो निवासमा मार्सी चामलको खाना खुवाएर चर्चामा आएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com