२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सिन्धुपाल्चोक मा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

सिन्धुपाल्चोक । जिल्ला चौतारामा आज साँगाचोकगढी नगरपालिका–१ फुस्रेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ ।

सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आलु लोड गरिएको बा५ख ६५६३ नंको आइचर ट्रक पाँचपोखरी थाङपालतर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com