कांग्रेस एक्लैले अब एमालेसँग चुनाव लड्न नसक्ने केपी ओलीको दावी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष, तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भने कांग्रेसलाई प्रचण्डपथको बाटोमा लगिसकेको भन्दै आलोचना गरेका छन् । बुधबार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा कांग्रेस कहाँ गयो भनेर प्रश्न गर्दै यस्तो आलोचना गरेका हुन् ।
विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक इतिहासमा पुरानो इतिहास बनाएको काँग्रेस अहिले हराउँदै र बिलाउँदै गएको बताएका हुन् ।
कहाँ छ विपी कोइरालाको काँग्रेस ? गणेशमानको काँग्रेस, कहाँ छ ? कृष्णप्रसाद भट्टराई हुँदाको काँग्रेस अहिले त प्रचण्डले जे अरायो त्यहीँ मान्ने ओलीले भने । कांग्रेस एक्लैले अब एमालेुसँग चुनाव लड्न नसक्ने समेत ओलीले दावी गरेका छन् ।