आफ्नै भाइको हातवबट चक्कु प्रहार गरी दाइको हत्या ति अभियोगमा एकजना पक्राउ

काठमाण्डौ – ईलाम मा आफ्नै दाइलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका९१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: