२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

चोरी गर्ने र चोरीको सामान किनवेच गर्ने पक्राउ

भक्तपुर । भक्तपुरको सल्लाघारीमा रहेको दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको सामानहरु २०७८ मंसिर १ गते चोरी भएको थियो ।

महानगरिय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा २०७८ मंसिर ०२ गते राजु गिरी र बैंकटस गिरी समेत २ जनाले चोरी गरी काठमाण्डौ वडा न.९ सिनामंगल स्थित मुन्ना साहले संचालन गर्दै आएको बवाडी पसलमा बेचबिखन गरेको खुल्न आएको परिसरले जनाएको छ ।

नारद साहले उक्त चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरिरहेको पनि अनुसन्धान

पक्राउ परेका चारी गर्ने ब्यक्तिहरु काठमाडौँ महानगरपालिका वडा नं.९ सिनामंगल बस्ने बर्ष १८ को राजु गिरी, ऐ .ऐ।घर भई ऐ.ऐ. बस्ने बर्ष १८को बैंकटेस गिरी र चोरीको सामान किन्ने भारतको मोतिहारी घर भई हाल काठमाडौँ वडा नं. ३२ बानेश्वर बस्ने बर्ष ३०को मुन्ना साह, ऐऐ घर भई ऐऐ बस्ने बर्ष ३५को नारद साह हुन् ।

उनीहरुबाट बरामद भएका सामानहरु ढलौटको करुवा, ढलौटको कच्चा पदार्थ सहित करिव २००किलो बराबरको सामान बरामद भएको परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताउँनु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com