२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एमाले उपाध्यक्ष भिम रावल ले अध्यक्षको लागी उमेद्दार घोषणा

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन सुरु हुनु पाँच दिनमात्रै बाँकी छ । महाधिवेशनको मिति साँघुरिँदै जाँदा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उमेदवारी घोषणा गरे । आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको र सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न हुने नेताहरूको दाबीकाबीच रावलले चुनौती प्रस्तुत गरेका हुन् । महाधिवेशनका विषयमा आफूले कुराकानी गर्न खोज्दा पनि पदाधिकारीका विषयमा नेताहरूले कुरा गर्न नचाहेको उनको गुनासो पनि छ ।

एमालेको प्रतिनिधि चयन सर्वसम्मत नै भएको छ । अध्यक्ष ओली पनि सर्वसम्मत अध्यक्ष बन्ने चाहनामा छन् । तर, रावलको उमेदवारीले ओलीको चाहनामा चुनौती थपिएको छ । एमाले महाधिवेशनका लागि निर्वाचित र पदेन गरी १९०३ प्रतिनिधि छनोट भएका छन् ।

पार्टी केन्द्रीय कार्यालयका सचिब शेरबहादुर तामाङका अनुसार अब ५ प्रतिशत प्रतिनिधि छनोट हुनेछन् । पदाधिकारी सर्वसम्मत चयन हुँदा अध्यक्ष ओली निकटस्थहरूको वर्चस्व छ । प्रतिनिधि छनोटमा एकलौटी भएको भन्दै रावलले आपत्ति पनि जनाइरहेका छन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ चितवनमा हुँदैछ । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी चयन गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com