उम्मेदवारको रुपमा घोषणा गरिसकेँ, भोलि मनोनयन दाखिला गर्छु : भिम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि मनोनयन दाखिला गर्ने भएका छन् ।
शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा आफूले अध्यक्ष पदको उम्मेदवारीका लागि घोषणा गरिसकेको र पछि नहट्ने बताउँदै भोलि मनोनय दाखिला गर्ने रावलले बताए ।
उनले भने, ‘मैले त होला ।’
रावलले अरु उम्मेदवारीमा उठ्छन् कि उठ्दैनन् भनेर आफूले उम्मेदवारी नदिएको पनि बताएका छन् । आफू भने एमालेको नेतृत्व गर्नबाट पछि नहट्ने रावलले बताए ।